arrow

चन्द्रमामा पुगेको जापानी यानको ब्याट्री रिचार्ज गर्न सकिने सम्भावना बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
Japan-flag-1.jpg

काठमाडौँ । जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा आएको समस्या समाधानको सम्भावना बढेको ‘जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले सोमबार जनाएको छ । 

जाक्साले भनेको छ, “टेलिमेट्री डाटाअनुसार स्लिमका सौर्य कोषहरू पश्चिम दिशामा छन् र सूर्यको प्रकाश यान रहेको ठाउँमा परेपछि सौर्य प्रणालीले काम गर्ने अपेक्षा गरिएको छ ।”
 
जापानी चन्द्रयानमा रहेको सौर्य प्रणालीमा समस्या आएका कारण जापानले ‘मून स्नीपर’ चन्द्रमामा अवतरण गरेको करिब तीन घण्टापछि मुन ल्यान्डरलाई बन्द गरेको थियो । 

जापानको अन्तरिक्ष यानको मिसनलाई ‘मून स्नीपर’ नाम दिइएको छ । यसको सटीक अवतरण क्षमताले जापानलाई चन्द्रमामा सफलता पूर्णरूपमा पुग्ने पाँचौँ देश बनाएको हो ।

मध्यरातमा अवतरणपछिको २० मिनेटको अन्तरालमा जाक्साले यानको सोलार ब्याट्रीले विद्युत् उत्पादन नगरेको बताइएको थियो । 

जाक्साले भनेको छ, “हामीले चन्द्रमाको सतहमा अवतरणका क्रममा प्राप्त प्राविधिक र तस्बिरको सङ्कलन प्रसारण शक्ति बन्द हुनुभन्दा पहिले पूरा गर्न सफल भइसकेका छौँ ।” 

“धेरै तथ्याङ्क प्राप्त भएको पुष्टि भएपछि हामी राहत महसुस गरिरहेका छौं र उत्साहित हुन थालेका छौं,” जाक्साले भनेको छ । 

जाक्साले यस मिसनको नतिजा र स्लिम क्राफ्टको स्थितिको बारेमा यसै हप्ता थप घोषणा गर्ने तयारी गरिरहेको बताएको छ ।

“अवतरणपछिको मुद्रा योजनाअनुसार भएन, तर हामी धेरै परिणामहरू प्राप्त गर्न सक्षम हुन सक्छौँ र हामी खुसी छौं कि अवतरण सफल भयो ।”

चन्द्रमामा पहिलो पटक अवतरण गरेको ५० वर्षपछि सरकार र निजी कम्पनीहरूले प्रक्षेपण गरेका थुप्रै नयाँ चन्द्र अभियानहरूमध्ये स्लिम पनि एक हो ।

दुर्घटनाग्रस्त अवतरण र सञ्चार विफलताहरू व्याप्त छन् यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ