arrow

तीन दिनदेखि सुनको भाउ स्थिर, चाँदीको घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
nepal-rastra-bank-panorama-nrb-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर छ । लगातार आइतबार, सोमबार र आज मंगलबार सुनको भाउ स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको भाउ भने प्रतितोला २० रूपैयाँ घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ