arrow

सशस्त्रका डीआईजी शाहलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
dig-dipendra-shah-apf.jpg

काठमाडौँ । सशस्त्र प्रहरी बलले यस वर्ष मधेस प्रदेशको छिन्नमस्ता बाहिनी बर्दिबासका प्रमुख डीआईजी दीपेन्द्र शाहलाई उत्कृष्ट बाहिनी अवार्ड प्रदान गरेको छ । 

सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा आयोजित विशेष समारोहमा सो अवार्ड प्रदान गरिएको हो । देशभरका युनिटहरूको मूल्याङ्कन गर्ने क्रममा वाहिनीहरूमध्ये छिन्नमस्ता बाहिनी उत्कृष्ट ठहरिएपछि डीआईजी शाहलाई सो अवार्ड प्रदान गरिएको हो । 

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेका थिए । 

आठ ओटा जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामासमेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर छ । २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरी मुख्यालयमा आयोजित विशेष समारोहमा सो अवार्डले सम्मान गरेका थिए ।  

मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाई समेत न्यूनीकरण गर्न सफल भएका थिए।
  
त्यस क्रममा प्रचण्डले सशस्त्र प्रहरीले सीमा क्षेत्र सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । उनले सशस्त्र प्रहरीमा कार्यरत कर्मचारीहरुको वृत्ति विकासमा सरकारले ध्यान दिनेसमेत बताएका थिए । 

सीमा सुरक्षार्थ समर्पित फौजको रुपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलताबीच राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएका सशस्त्र प्रहरी बल, नेपालका राष्ट्र सेवकहरुको योगदान धेरै नै महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्रीले नेपालको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बललाई श्रोतसाधनको व्यवस्थापनसहित थप प्रभावकारी रुपमा परिचालन गर्न नेपाल सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गरेका थिए ।

‘सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त सबै प्रकारका जिम्मेवारीहरुमा अदम्य साहस, इमानदारी एवं व्यवसायीक कार्यकुशलताका साथ सम्पादन गरिरहेको कुरा म जानकार रहेको छु । सीमा सुरक्षाको साथै राजश्व संकलनमा पुर्याएको योगदान, महत्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानून कार्यान्वयन, देशमा शान्ति सुरक्षा अमन चयन कायम गर्न तथा जनताको जीउधनको सुरक्षा गर्ने कार्यमा पुर्यााएको योगदानप्रति सम्मान व्यक्त गर्दछु’, प्रधानमन्त्री प्रचण्डले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ