arrow

माघ २२ गते दुवै सदनको हिउँदे अधिवेशन आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान भएको हो ।

यही माघ २२ गते सोमबार अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दुवै सदनको हिउँदे अधिवेशन शुरु हुनेछ।

सरकारले मंगलबार राष्ट्रपति समक्ष माघ २२ गतेदेखि हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो । 



लोकप्रिय समाचार
नयाँ