arrow

सन्तोषीले डेब्युमै जितिन् राष्ट्रिय कीर्तिमानसहित म्याराथनमा स्वर्णपदक

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
santoshi-shrestha-marathoon.jpg

काठमाडौँ । धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा स्वर्णपदक जितेकी छिन् । म्याराथनमा पहिलोपटक दौडिएकी सन्तोषीले बंगलादेशको बंगबन्धु सेख मुजिव ढाका इन्टरनेसनल म्याराथनमा दक्षिण एसियाको महिलातर्फ स्वर्णपदक जितेकी हुन् । 

उनले निर्धारित दूरी २ घण्टा ४६.२२ मिनेटमा दौड पूरा गरेकी थिइन् । उनले नेपालको कीर्तिमानसमेत तोडेकी छिन् । पुष्पा भण्डारी दोस्रो भइन् । उनले दुई घण्टा ४९ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरिन् । 

महिला म्याराथनको कीर्तिमान पुष्पाकै नाममा थियो । पुष्पाको नाममा २ घण्टा ४८ मिनेट ०२ सेकेण्डको कीर्तिमान थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ