arrow

तिमीलाई कसरी बिर्सनु ?

logo
कविता गौतम, 
प्रकाशित २०८० माघ १३ शनिबार
kabita-gautam-2080-10-13.jpg

सम्झिनको लागि हजारौँ यादहरु 
दिएर तिमीले भन्यौ 
अब मलाई बिर्सिदिनु !
तिमीले  बिर्सनु त भन्यौ
तर कसरी बिर्सनु ?
भन त,
यदि मैले तिमीलाई बिर्सिएँ भने 
कसलाई सम्झिनु ?
सम्झिनको लागि पनि त 
कोही चाहिन्छ 
म सक्दिन तिमीलाई बिर्सिएर 
कुनै दिन कटाउन
म सक्दिन तिमीलाई बिर्सिएर 
यो जिन्दगी बिताउन 
तिमीलाई सम्झिरहेको छु 
र त यो धड्कन चलिरहेको छ 
तिमीलाई थाहै थियो नि
मलाई छिनछिनमा 
तिमीसँग बोली रहन मन लाग्छ भन्ने 
         के तिमी अनुमान गर्न सक्छौँ ?
तिम्रो बोली सुन्न नपाएर 
म कति तड्पिएँ 
मैले हजारौँ चोटि फोन गर्दा
तिमीले नउठाएपछि 
म कति छट्पटाएँ 
मैले धेरै फोन गरेपछि
मेरो नम्बरलाई ब्लक लिस्टमा राखेर 
तिमी आनन्दले बसिरहेको बेला 
यता मेरो मुटुमा कति चिरा पर्यो 
के तिमी अनुमान गर्न सक्छौ ?
तिमीले मलाई कति सम्झियौ थाहा छैन 
तर मैले तिमीलाई हरेक पल सम्झिएँ 
तिमीलाई सम्झिदै निदाएँ 
तिमीलाई सम्झिदै बिउँझिएँ
तिमीलाई सम्झेर 
कहिले मुस्कुराएँ
कहिले रोएँ
कहिले कराएँ
कहिले चिच्याएँ
तिम्रो फोन र म्यासेजको प्रतीक्षामा 
हातमा मोबाइल लिएर बसिरहेँ
कयौँ दिनहरु बिते 
सयौँ रातहरु बिते 
तर कुनै सन्देश आएन 
मलाई एक्लो बनाएर गएदेखि 
के तिमीले मलाई 
एकचोटि पनि सम्झेका छैनौ र ?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ