arrow

वीर नेपाली भनेर चिनिने नेपालको पहिचान अहिले फेरियो : मनीषा कोइराला [भिडियो]

नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
manisha-poirala-new.jpg

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छन् ।  शनिवार एक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन् । उनले अहिलेकै बाटो देश अघि बढाउने हो भने गन्तव्य स्पष्ट नहुने बताइन् । 

उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रूपमा परिणत भइरहेको बताइन् । 

उनले नेपाल भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन् । उनले रोमको आर्किटेक्चर भन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको पनि बताइन् ।

उनले भने, ‘हामी अहिले कुन बाटोमा हिँडिरहेका छौँ । यही बाटोमा हिँड्ने हो भने हाम्रो गन्तव्य के हुन्छ ? कस्तो थियो हाम्रो नेपाल ? भन्नुस् त । वीर नेपाली भनेर चिनिन्थ्यो । भूगोल, नेचर, सांस्कृतिक सम्पदा, हिमाल, पहाड, तराई, नदी खोला कति राम्रो छ । हाम्रो सांस्कृतिक कल्चर, हेरिटेज हेर्नुस् त । मान्छेहरू भन्छन्, रोमको आर्किटेक्चर राम्रो छ । म त अहँ । नेवारी आर्किटेक सबैभन्दा राम्रो छ, दुनियाँभरमा । नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।’

अभिनेत्री कोइरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको बताइन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ