arrow

अन्तरिक्षमा एकै पटक तीन उपग्रह प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
china-satalite.JPG

काठमाडौँ । इरानले आइतबार आफ्नो अन्तरिक्ष इतिहासमा पहिलो पटक एकैसाथ तीन वटा घरेलु विकसित उपग्रहहरू अन्तरिक्षमा पठाएको छ । 

उपग्रहहरूलाई पृथ्वीको सतहबाट न्यूनतम ४५० किलोमिटर उचाइमा अण्डाकार कक्षमा प्रक्षेपण गरिएको जनाइएको छ । 

ती तीन वटा भूउपग्रहमा एउटा सञ्चार तथा अनुसन्धान उपग्रह महदा र दुईवटा नानोस्याटलाइट केहान-२ र हतेफ-१ समावेश छन् । 

स्वदेशी निर्मित प्रक्षेपण यान सिमोर्ग (फिनिक्स) सेमनान प्रान्तबाट प्रक्षेपण गरिएको हो । 

महदाको प्राथमिक मिसन भनेको धेरै कार्यहरूमा सिमोर्गको कार्यसम्पादनको मूल्याङ्कन गर्नु र अन्तरिक्षमा नयाँ डिजाइन र प्रविधिहरूको मूल्याङ्कन गर्नु हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ