arrow

पुलिसलाई स्तव्ध पार्दै चर्चब्वाइज सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
charch-boys-united.jpg

पोखरा । छ पटकको उपाधि विजेता नेपाल पुलिस क्लव पोखरामा जारी तेइसौँ आहा रारा पोखरा गोल्डकपबाट बाहिरिएको छ । मंगलबार भएको क्वार्टरफाइनल खेलमा चर्चब्वाइज युनाइटेड क्लवले पुलिसलाई १-० गोलले पराजित गरेको हो । जीतसँगै चर्चब्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिस गतवर्ष पनि चर्चव्वाइजसँगै २-१ गोलले पराजित भएको थियो ।

चर्चब्वाइजलाई जिताउन समिर तामाङले निर्णायक भूमिका खेले । उनले खेलको ७६औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको पहिला हाफ चर्चब्वाइजले उत्कृष्ट प्रदर्शन गरेको थियो भने पुलिसले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेल अवधिभर दुवै टोलीको गोल गर्ने कैयौँ प्रयास असफल भए । 

चर्चब्वाइजले अब फाइनल प्रवेशका विभागीय टोली त्रिभुवन आर्मी क्लवसँग १८ गते सेमिफाइनल खेल्नेछ ।

जारी प्रतियोगितामा बुधबारदेखि सेमिफाइनलका खेल हुनेछन् । बुधबार पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल युथ क्लव भिडदैछन् । उपाधि नजिक पुग्नका लागि बुधबारको खेल दुवै टोलीका  लागि महत्वपूर्ण रहेको छ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । फाइनल खेल माघ २० गते शनिबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ