arrow

रहेनन् गोरखापत्रका उपसम्पादक पण्डित

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १७ बुधबार
gorkhapatra.jpeg

काठमाडौँ । गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । 

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजे उनको निधन भएको परिवारका सदस्यले जनाएका छन् । 

उनको आन्द्रामा अर्बुद भएको थियो । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् ।

शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए । 

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ