arrow

जाउलाखेललाई हराउँदै थ्रीस्टार फाइनलमा

logo
हरि पन्त, 
प्रकाशित २०८० माघ १७ बुधबार
three-star-club.jpg

पोखरा । थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको उपाधि नजिक पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा जाउलाखेल युथ क्लबलाई १-० गोलले पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगेको हो ।

खेलको दोस्रो हाफमा मैदान छिरेका दीपेश घलेले ७८औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई उपाधि नजिक पुर्याएका हुन् ।

थ्रीस्टार आहा रारा गोल्डकपको इतिहासमा योसहित ६ पटक फाइनलमा पुगेको छ भने पाँच पटक उपाधि उचालेको छ ।

थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा उपाधि उचालेको थियो ।

प्रतियोगिता अन्तर्गत बिहीबार विभागीय त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ । फाइनल खेल माघ २० गते शनिबार हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ