arrow

किसुनजी स्मृति हाफ म्याराथन चैत १७ गते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १८ बिहिबार
kishunjee-half-marathoon.jpg

काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशको आयोजनामा तेश्रो किसुन जी स्मृति राष्ट्रिय पुरुष तथा महिला हाफ म्याराथन चैत १७ गते हुने भएको छ ।

महिला–पुरुष दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष दीपक गुरुङले जानकारी गराए । 

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सम्झनामा हुने म्याराथन गल्फुटारबाट शुरू भई पुनः त्यहीँ आएर टुंगिने छ । ‘रन फर फन’ अन्तर्गत विद्यार्थी लगायतको ५ किलोमिटर दौड पनि हुनेछ । उक्त दौडमा महिला–पुरुषतर्फ पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

म्याराथनको समापन समारोहमा खेल क्षेत्रमा योगदान दिने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । 

पत्रकार सम्मेलनमा संघका सचिव दामोदर भट्टराई (बद्री) र सदस्य राजु बोगटीलाई सम्मान गरिएको थियो । 

भट्टराईलाई अखिल नेपाल फुटबल संघका सहमहासचिवमा नियुक्त भएको र बोगटीलाई ए डिभिजन क्लब जावलाखेल युथ क्लबको उपाध्यक्षमा चयन भएकोमा सम्मान गरिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ