arrow

रास्वपा संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
rsp-rastriya-swatantra-party-meeting-.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । 

बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । 

रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ रहेको छ । 

उनले भने, “आगामी अधिवेशनका लागि ४० विधेयकमध्ये आ-आफ्नो समितिमा जाने विधेयक कुन कुन हुन् र त्यसको तयारी के छ भन्ने विषयमा छलफल हुनेछ । यस्तै, यस अधिवेशनमा हामीले उठाउन चाहेका मुद्दाका बारेमा समेत छलफल हुनेछ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ