arrow

एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २० शनिबार
madhav-nepal-2080-06-06.jpg
तस्बिर-फाइल

दाङ । नेकपा  (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राखेका छन् । 

दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा उनले जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताए । एकीकृत समाजवादी पार्टी सधैँ जनताको पक्षमा रहेको बताउँदै उनले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गरे ।

उनले समाजवादी जागरण अभियानले समाजमा भावनात्मक सम्बन्ध कायम गर्ने बताए । पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताए ।

गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेको उनको भनाइ थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ