arrow

म मान्छे 

logo
कविता गौतम,
प्रकाशित २०८० माघ २० शनिबार
kabita-gautam-2080-10-20.jpg

यो शहरमा भर्खर भर्खरै बामे सरेको मान्छे हुँ म
बच्चादेखि नै सक्दो सङ्घर्ष गरेको मान्छे हुँ म ।

तिमीले बा–आमाको हात समाएर ताते– ताते गर्दा 
वस्तुको पुच्छर समाएर खेत झरेको मान्छे हुँ म ।

मेरो बौद्धिक क्षमतामा कुनै शंका नगर्नु तिमीले 
एक – भारी घाँस लडाएर स्कुल पढेको मान्छे हुँ म ।

यो शहरको पौडी पोखरीमा खेल्न नसिकाउ तिमी
गाउँमा पुल बिनाको खोलामा पौडेर तरेको मान्छे हुँ म । 

मेरो खुशीहरु गाउँ घरमै छुटेछन् थाहा भएन मलाई 
यही शहरमा छिरेपछि पल पल मरेको मान्छे हुँ म ।

न घाम न पानी छाता ओढेर छालाको कुरा गर्छौं 
पानी र घाममा पसिना बगाएर डढेको मान्छे हुँ म ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ