arrow

हाम्रै खराब बानीले निम्त्याएको दुर्घटना [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २० शनिबार
road-cross-bad-habit-(13).jpg

काठमाडौँ । हामी नेपाली अनि हाम्रो बानी । यी दुई शब्दमा हामी नेपाली आफैँमा राम्रो शब्द हो । शब्द जस्तै नियम नमान्ने खराब बानीले दिनहुँजस्तो सडकमा दुर्घटना हुने गर्छ । जथाभावी बाटो काट्ने,  फरक लेनमा हिँड्ने र यस्तै असुरक्षित बानीका कारणले दुर्घटना दिनानुदिन बढ्दो छ । 

हामी दुर्घटना हुँदा मुख्यतया सवारी साधनकै गल्ती देखाउने गर्छौँ र आफैँले नियम मिचेको देख्दैनौँ । समय समयमा ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रम गरे पनि लागू भने हुन सकेको देखिँदैन । 

अझ काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने जथाभावी सडक काट्नेलाई जरिबाना लिने गरिए पनि सही कार्यान्वयन हुन सकेको छैन । 

नेपालमा सडक दुर्घटनाका कारण धेरै मानिसको अकालमा ज्यान जाने गरेको छ । पैदल यात्रुमैत्री संरचना नबन्नु र पैदल यात्रुलेसमेत ट्राफिक नियम पालनामा लापरबाही गर्दा दुर्घटना निम्तिने गर्छ ।

देशभर दैनिक ५५ सवारीसाधन दुर्घटनामा पर्छन् । सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुन्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे १५ वर्षमा (०६५–०६६ देखि ०८०–०८१ मंसिरसम्म) देशभर ३ लाख १६ हजार २१२ सवारीसाधन सडक दुर्घटनामा परेको रेकर्ड छ । 

अर्थात् दैनिक औसत ५५ सवारी दुर्घटना भए । साढे १५ वर्षमा कुल ३२ हजार ८ सय ६१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । 

७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए ।
 

road-cross-bad-habit (1).jpg
road-cross-bad-habit (2).jpg
road-cross-bad-habit (3).jpg
road-cross-bad-habit (4).jpg
road-cross-bad-habit (5).jpg
road-cross-bad-habit (6).jpg
road-cross-bad-habit (7).jpg
road-cross-bad-habit (8).jpg
road-cross-bad-habit (9).jpg
road-cross-bad-habit (10).jpg
road-cross-bad-habit (11).jpg
road-cross-bad-habit (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ