arrow

थ्रीस्टारलाई हराउँदै आर्मीले जित्यो उपाधि

logo
हरि पन्त
प्रकाशित २०८० माघ २० शनिबार
army-team-aaha-rara-pokhara-gold-cup.jpg

पोखरा । तेइसौँ आहा रारा पोखरा गोल्डकपको उपाधि विभागीय टीम त्रिभुवन आर्मीले जितेको छ ।

तेइस वर्षको इतिहासमा आर्मीले पहिलो पटक उपाधि जितेको हो ।

पोखरा रंगशालामा आज भएको फाइनल प्रतिस्पर्धामा पाँच पटकको उपाधि विजेता थ्रीस्टारलाई ३-० गोलले हराउँदै आर्मीले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

आर्मीलाई उपाधि दिलाउन टीम कप्तान जितेस्पीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्वाले गोल गरेका थिए । कार्कीले खेलको ३८औँ र घलेले ८५औं र जिम्वाले ९४औं मिनेटमा गोल गरेका थिए । 

यो जीतसँगै आर्मीले १२ लाख एक हजार नगद पुरस्कार जितेको छ भने उपविजेतामा चित्त बुझाएको थ्रीस्टारले ६ लाख एक हजार प्राप्त गर्यो ।

प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ