arrow

सरकारप्रति माधवको असन्तुष्टि

पूर्व राजा ज्ञानेन्द्रलाई प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिन नेपालको सुझाव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २० शनिबार
xking-gyanendra-shah-.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिन पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले राज्य शासन प्रणाली ठिक ढङ्गले चलेको छैन भने र मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भई चुनाव जितेर प्रधानमन्त्री बन्दै देशको नेतृत्व गर्न सुझाव दिए । उनले राष्ट्रपति बन्नका लागि मानिसहरूको अभाव नरहेको जिकिर गरे । उनले देशको काम प्रधानमन्त्रीले गर्ने भएकाले प्रधानमन्त्रीसँगको विवाद हो भने प्रधानमन्त्री बन्न देशमा चुनाव लड्न सुझाव दिए । 

उनले देशमा अहिले प्रतिगामी शक्तिहरूले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको बताए । उनले राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढङ्गले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटी कब्जा गरेको आरोप लगाए ।

उनले भने, ‘अहिले हाम्रो देशको सामुमा समस्या प्रतिगामी शक्तिहरूले टाउको उठाउने र यो व्यवस्थालाई समाप्त पार्ने मात्रै देखिएको छ । त्यसको सामना गर्ने हो । राजतन्त्रले फेरि फर्किएर आउने चाहना राखेको छ । त्यो कदापि सम्भव छैन । राजाको पालामा प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढङ्गले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटी कब्जा गरेको, न खोज, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने ? यस्तो स्थिति थियो । कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्य पुष्टि गर्न सकिँदैन । त्यसो हुनाले यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो । यदि राज्य शासन प्रणाली ठिक ढङ्गले चलेको छैन भने, मुलुक राम्ररी चलाउन सकेका छैनन् भने नेता भएर आए हुन्छ । जनताको बीचमा भिजे हुन्छ । चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रूपमा देशलाई विकल्प दिए हुन्छ । अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्रीसँगको यदि विवाद हो भने प्रधानमन्त्री बन्न तपाई चाहनुहुन्छ भने तपाई आउनुस् ।’

अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको जिकिर गरे । उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको बताए । अहिलेका समस्या समाधानका लागि गम्भीर विचार मन्थन हुन जरुरी रहेको बताए । उनले असन्तुष्ट मात्रै भएर पनि समस्या समाधान नहुने बताए ।

उनले भने, ‘हामी हाम्रो पार्टी, हाम्रो मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर छ । अहिलेको स्थितिसँग हामी सन्तुष्ट छैनौँ । तर असन्तुष्ट मात्रै भएर पनि केही हुँदैन । असन्तुष्टि समस्याको समाधान होइन । समस्याको समाधान भनेको खोजेर पत्ता लगाउने हो । समस्याका कारण पत्ता लगाउनुपर्छ । खोजी गर्नुपर्छ । त्यसको समाधानको बारेमा गम्भीर विचार र मन्थन हुनुपर्छ । हामीले दिएको समाधानले स्थितिमा परिवर्तन गर्छ की गर्दैन, हाम्रो मुलुक अघि बढाउन त्यसले सहयोग पुग्छ की पुग्दैन ।’

अध्यक्ष नेपालले विश्वविद्यालयहरूमा विद्यार्थीहरू कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ