arrow

विश्वकै ज्येष्ठ नागरिक मानिएकी बाटुली रहिनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
senoir-citizen.jpg

काठमाडौँ । विश्वकै ज्येष्ठ नागरिक मानिएकी बाटुली लामिछानेको निधन भएको छ ।

लामिछानेको एक सय २१ वर्षमा शुक्रबार निधन भएको हो । 

उनलाई विश्वकै ज्येष्ठ नागरिक घोषणाका लागि बाला फाउन्डेसनमार्फत आवश्यक पहल भइरहेको थियो ।

नेपाली नागरिकताको प्रमाणपत्रअनुसार बाटुली लामिछानेको जन्म विसं १९५९ चैत १० गते भएको हो । 

श्वासप्रश्वासमा समस्या भएसँगै उपचारका क्रममा उनको शुक्रबार घरमै निधन भएको उनका आफन्त उद्धव हुमागाईँले जानकारी दिए । 

बाटुली लामिछानेको शुक्रबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ ।

 उनलाई ८२ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने दागबत्ती दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ