arrow

रास्वपाले मेलम्चीबाट थाल्यो अभियान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
rsp-rastriya-swatantra-party-final.jpg

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिन्धुपाल्चोकबाट देशभरका २१ आयोजनामा रास्वपाको दबाब अभियान शुरु गरेको छ ।

अभियानको पहिलो दिन मेलम्ची खानेपानी आयोजना प्रभावित स्थानीय बासिन्दाको माग सम्बोधन गर्दै स्थायी रुपमा खानेपानी काठमाडौँ लैजान दबाबमूलक पदयात्राका लागि पार्टीको सम्पूर्ण टिमसहित लामिछानेले मेलम्चीबाट अभियान सुरु गरे । 

पार्टीले सांसद सोभिता गौतमको संयोजकत्वमा आइतबार मेलम्ची बजारदेखि खानेपानी मुहान अम्बाथानसम्म पदयात्रा गरेको थियो। 

पार्टीले अभियानकै रुपमा देशका सात वटै प्रदेशमा तीन-तीन वटा राष्ट्रिय महत्वका योजनामा दबाबमूलक कार्यक्रम तय गरेको छ । 

अभियानको सुरुवातमा पार्टीले २१ वटै आयोजनाको दबाब ब्यानर सम्बन्धित केन्द्रीय सदस्य र सांसदलाइ हस्तान्तरण गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ