arrow

चालु अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित हुने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २२ सोमबार
prachanda-10-22.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरू पारित गर्ने कुरामा केन्द्रित हुने बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसद्को चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताएका हुन् । 

उनले संसद अधिवेशनको शुरुवात राम्रो वातावरणमा शुरु भएको प्रतिक्रिया दिए ।

उनले भने – ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरू ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा शुरु भएको छ । अब अगाडी बढ्छ ।’

संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि शुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ