arrow

किर्ते हस्ताक्षर गरेर वडाध्यक्ष आफैँ बने गणेश माविको अध्यक्ष, वडा सदस्यहरुको उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
Budhanilakantha_Nagarpalika.png

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ मा रहेको गणेश माध्यमिक विद्यालयमा किर्ते कागज र हस्ताक्षरको दुरूपयोग गरी वडाध्यक्ष राजेन्द्र श्रेष्ठले विद्यालय व्यवस्थापन समितिको गठन गरेको पाइएको छ । 

हस्ताक्षरको दुरूपयोग गरी  माइन्युट नै तयार पारी विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोट जस्तो गम्भीर विषय प्रस्तावमा नराखी, समितिमा कुनै छलफल नै नगराई वडाध्यक्ष श्रेष्ठले जालसाझीपूर्ण तरिकाले आफैँ व्यवस्थापन समितिको अध्यक्ष भएर समितिको गठन गरेको भन्दै वडा सदस्यहरु रामविनोद लामिछाने, राजकाजी श्रेष्ठ, पार्वती श्रेष्ठ र सीता सुनारले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग राख्दै नगरपालिकामा उजुरी दिएका छन् ।

‘उजुरीमा लेखिएको छ, ‘बूढानीलकण्ठ नगरपालिका वडा नं २ को वडा समितिको मिति २०८०–०२–२२ को माइन्युट (निर्णय पत्र) को बारेमा हामी निवेदक वडा सदस्यहरुले अन्य प्रस्तावको लागि अध्यक्षज्यूबाट बैठक आह्वान भएअनुसार सो मितिमा बैठक बसी अन्य प्रस्तावमा छलफल भएकोमा सो दिनको माइन्युटको पहिलो पाना सही भएको, दोस्रो, तेस्रो र चौथो गलत भएको साथै हामी निवेदकहरुको हस्ताक्षर निर्णय नगरेकोमा हामीहरूको हस्ताक्षर दुरुपयोग गरी माइन्युट तयार गरिएको हो । विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधि छनोट जस्तो गम्भीर विषय प्रस्तावमा नराखी समितिमा कुनै छलफल नै नगराई जालसाझीपूर्ण तरिकाले विविध प्रस्तावमा राखी गणेश माध्यमिक विद्यालय व्यवस्थापन समितिमा वडा समितिको मिति २०५०–०२ २२ को निर्णय बमोजिम प्रतिनिधि छनोट गरियो’ निवेदनमा लेखिएको छ, ‘फर्जी निर्णय र किर्ते हस्ताक्षर गरी विद्यालय व्यवस्थापन समिति गठन गरियो भन्ने सुन्नमा आएको हुँदा सो सम्बन्धमा हामी निवेदक वडा सदस्यहरुको गम्भीर ध्यानाकर्षण भएको हुँदा सो मिति २०८०–०२–२२ को माइन्युट (निर्णय पत्र) जालसाही किर्ते छानबिन गरी किर्ते गर्नेमाथि हदैसम्मको कारवाही गरी पाउँ ।’

उनीहरुले विद्यालयको व्यवस्थापन समिति गठन विधि र कानून सम्मत ढंगले गर्न समेत माग गरेका छन् । स्थानीय अगुवाहरुले जनप्रतिनिधिहरु नै किर्ते काममा लागेको आरोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ