कांग्रेस नेता बुढाथोकीको निधनले रोकियो समुदायमा कांग्रेस अभियान [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
745
Shares
काठमाडौँ । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान रोकिएको छ । कांग्रेसका पुराना नेता एवं संविधानसभाका सदस्य, पूर्व मन्त्री, पार्टी केन्द्रीय सदस्य केशबकुमार बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान रोकिएको हो।
यससँगै महामन्त्री गगगकुमार थापाको मेचीकाली संवाद यात्रा पनि रोकिएको छ। यससँगै थापाले थालेको यात्रा जहाँबाट रोकिएको हो पछि त्यहाँबाट नै पुनः यात्रा चालु हुनेछ ।
यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने महामन्त्री थापाले बताएका छन् ।
सोही बैठकबाटै अभियान रोकिएको औपचारिक निर्णय गर्ने महामन्त्री थापाले बताए ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनको गत माघ १३ गते झापाबाट शुरु भएको संवाद नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्ज बजारमा पुगेर रोकिएको हो ।