- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मध्यविन्दु । नारायणी नदीमा पहिलो पटक भएको कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने प्रथम भएका छन् ।
गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा अयाोजना गरेको कायाकिङ प्रतियोगितामा सहभागी १८ प्रतिस्पर्धीलाई उछिन्दै उनले प्रथम स्थान हासिल गरेका हुन् । उनले सात किलोमिटरको दुरी ३५ मिनेट ३८ सेकेन्डमा पूरा गरे ।
यस्तै, गोर्खाका दिपेश रानामगर निर्धारित दुरी ३६ मिनेट १० सेकेन्डमा पार गरी दोस्रा भए । चितवनका विजय गुरुङ ३७ मिनेट २१ सेकेण्डमा दुरी पार गरी तेस्रो भएको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए ।
प्रतियोगितामा प्रहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्राप्त गरे ।
आगामी वर्ष असोजमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिने प्रशिक्षक निमबहादुर मगरले बताए ।
नेपालमा कायाकिङ गर्ने २०० भन्दा बढी खेलाडी रहेको उनको भनाइ छ ।
डुङ्गामा एक जना मात्र बस्न मिल्ने गरी खेलिने कायाकिङ साहसिक खेल विधामा पर्दछ ।