arrow

फिल्म दोस्रो विश्वयुद्धपछि मलायामा भएको घटना समेटिएको चलचित्र  ‘गोर्खा वारियर’ चर्चामा  

logo
विवेक मिश्र, 
प्रकाशित २०८० माघ २४ बुधबार
gorkha-warrior-2080.jpg

मोरङ । चलचित्र ‘गोर्खा वारियर’ फागुन ११ गतेदेखि प्रदर्शन हुने भएको छ । फिल्मको ट्रेलर भने रिलिज हुनु भन्दा एक महिना अगाडि अर्थात् माघ ११ गते रिलिज भएको थियो । 

दोस्रो विश्वयुद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले वीरताका साथ लडेर हासिल गरेको सफलतासँगै उनीहरूको सङ्घर्षको कथा बोल्ने ‘गोर्खा वारियर’ बाट रितेश चाम्सले डेब्यु गरेका छन् । 

चलचित्रमा रितेशसँगै विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेयर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।  नेपाली चलचित्र इतिहासमा एकपछि अर्को रेकर्ड राख्दै आएको नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’ अब नेपालका दर्शकहरुले पनि हेर्न पाउने भएका छन् । 

चाम्सले यो फिल्मलाई नेपालीसहित हिन्दी, अंग्रेजी र कोरियाली भाषामा रिलिज गर्दैछन् । फिल्म यही फागुन ११ गते देशभरका सिनेमाहलहरुमा एकसाथ प्रदर्शनमा आउँदैछ ।

आधिकारिक रूपमा रिलिज हुनुअघि नै विभिन्न तवरले चर्चामा आएको ‘गोर्खा वारियर’ ले बेलायतमा ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेर निकै लोकप्रियता कमाइसकेको छ ।

विशेषगरी नेपाली चलचित्रका लागि ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय चलचित्र ‘गोरखा वारियर’ ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) अवार्डका लागि छनोट हुनु नै हो । 

बाफ्टामा चलचित्रको मान्यता, ओस्कारपछि विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक मानिन्छ । नेपाली चलचित्र इतिहास मा एक महत्वपूर्ण कोसेढुङ्गा सावित गर्‍यो ‘गोर्खा वारीयर’ ले । 

यही चर्चा र इतिहास रचेको ‘गोर्खा वारियर’ लाहुरेको शहर भनेर चिनिने धरानमा पनि एतिहासिक रुपमा भव्य रूपमा ग्राण्ड रेडकार्पेट गरिने भएको छ । 

उक्त्त रेडकार्पेट शो मा फिल्मका जम्बो टोली धरान आउने भएको छ । फिल्मका कलाकारका अलवा अन्य कलाकारहरु पनि धरान आउने भएको निर्देशक मिलन चाम्सले जानकारी दिए । रेडकार्पेट शो यही फागुन ५ गते धरान ८ स्थित फ्रेण्डस सिनेमाजमा हुनेछ ।

चाम्स र कार्यकारी निर्माता ज्योतीराज राई धरान आएर पूर्वका चलचित्रकर्मीहरुसँग भेटघाट गरी ‘गोर्खा वारियर’ को बारेमा विस्तृत रुपमा जानकारी दिए । 

एकपछि अर्को इतिहास रच्दै आएको ‘गोर्खा वारियर’ किन हेर्ने के महत्व छ भन्नेबारे चलचित्रकर्मीहरुलाई प्रस्ट पारे । उनले नेपाली चलचित्र इतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण भएको, टप टप हलिवुड चलचित्रहरुमात्र प्रिमियर हुने लण्डनको लेस्टर स्क्वाएरमा प्रिमियर गरिएको, आइम्याक्स फर्म्याटमा निर्माण भएको, बेलायतका हाइ प्रोफाइलका व्यक्तित्वहरुको उपस्थिति, बेलायतका प्रधानमन्त्रीले सम्बोधन गरेर शुभकामना पठाएको पहिलो चलचित्र कोरियन कम्पनीले ७ वर्षको लागि वर्ल्डवाइड सेलिङ राइट्स लिएको अमेरिकन कम्पनीले वर्ल्डवेट वितरण गर्न लागेको ऐतिहासिक चलचित्र भएकोले हेर्नै पर्ने चलचित्र बनेको चाम्सको दाबी छ ।

फिल्मका कार्यकारी निर्माता ज्योतिराज राईले गोर्खाली कसरी गोर्खाली भए भन्नेबारे निकै गहिरो अध्ययन गरेर फिल्म निर्माण गरेको बताए । 

फिल्म दोस्रो विश्वयुद्धपछि मलायामा भएको घटनाको कथा भएको बताए । उनले फिल्म विभिन्न कोणबाट आँफैमा सफल र ऐतिहासिक भैसकेको, हाम्रो घर घरको कथा भएकाले सबैले हेर्नैपर्ने चलचित्र बनेको दाबी गरे । 

फिल्मले पैसा कमाइसकेको तर अब हरेक घर घर जन जनलाई देखाउनको लागी सबै चलचित्रकर्मीहरु लाग्नु पर्ने बताए । राईले धरान, दमक , हेटौंडा पोखरा लगायतमा प्रिमियर गरिने बताए ।

प्रिमियरमा के के गर्ने कसरी गर्ने भन्नेबारे अब केहीदिनमै पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने राईले बताए । 

उक्त्त छलफलमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान, याक्थुङ चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष नविन मेन्याङ्बो, अनाम नाट्य समूह धरानका सम्पूर्ण पदाधिकारीहरु, कलाकार दिनेश कोइराला, कलाकार समाजसेवी रितेश जङ खत्री लगायतको उपस्थिति रहेको थियो । 

याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष नविन मेन्याङवोले यति राम्रो ऐतिहासिक चलचित्रलाई धरान र नेपालमा पनि ऐतिहासिक बनाउन संघले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए । 

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले चलचित्र आफैँमा सफल भइसकेकाले अब धरान र पूर्वका दर्शकहरुलाई हलसम्म तान्नलाई आफ्नो संघ दिलोज्यानले लाग्ने बताए । 

उपस्थित सबै चलचित्रकर्मीहरुले आफ्नो ठाउँबाट भरपुर सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ