arrow

देश सीमित नेताको मुठ्ठीमा कैद भयो : राजेन्द्र लिङ्देन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
rajendra-lingden-2080-10-24.jpg

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उनले  परिवर्तनको नाममा अहिले लुटतन्त्र बढेको र सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भएको बताएका हुन् । 

‘‘परिवर्तनको नाममा जे व्यवस्था निर्माण गर्नुभयो त्यो गणतन्त्र होइन । अहिले जनताले भन्छन्, त्यो लुटतन्त्र हो । सीमित राजनीतिक दलका नेताको मुठ्ठीमा देश कैद भयो’, उनले भने । 

यही अवस्थामा देश रहन नसक्ने भन्दै उनले नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताए । अहिलेको समस्या देशले अवलम्बन गरेको प्रणाली दोषी रहेकाले अब कसैलाई निषेध गरेर जान नहुने उनको भनाइ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ