arrow

प्लाजा होटल्स ग्रुपले गर्‍यो एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सह–प्रायोजन सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २५ बिहिबार
nsjf-plaza.jpg

काठमाडौँ । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९’ को २० औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल्स ग्रुपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । 

सहप्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

पल्सर स्पोर्टस अवार्ड यही माघ २८ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजना हुनेछ । 

स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा वर्ष प्रशिक्षक विधा पहिलो चरणमा ८–८ खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।

पिपल्स च्वाइस विधामा भने ५ खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । पब्लिकको मतका आधारमा चुनिने यस विधाको मनोनयनमा रजनी श्रेष्ठ (बडीविल्डिङ), सिक्का सुवाल श्रेष्ठ (टेबलटेनिस), विप्वललाल श्रेष्ठ (कराते), अनन्त तामाङ (फुटबल) र निरुता ठगुन्ना (भलिबल) रहेका छन् । मनोनयनमा परेका खेलाडीका लागि ई–सेवाबाट भोटिङ भइरहेको छ । 

त्यस बाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेजबाट लाइक, शेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । 

त्यस बाहेक २७ राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउने छन् । सह–प्रायोजक बनेबापत प्लाजा होटल्स ग्रुपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ । त्यससहित मञ्चले आयोजना गर्ने कार्यक्रमहरूका लागि स्थान उपलब्ध गराउने र खानपानको प्रबन्ध गर्नेछ ।  

सम्झौता कार्यक्रममा गु्रपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले प्लाजा होटल ग्रुपसँगको सहकार्यलाई निरन्तरता दिएकोमा ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ