arrow

बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
nepalgunj-sub-metro.png

बाँके ।  नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको सौन्दर्यकरणसँगै छानामा ताम्रपत्र लगाइने भएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले छाउनेदेखि मन्दिरको समग्र सौन्दर्यकरणको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । 

बागेश्वरी मन्दिरको छाना पुनःनिर्माणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गरेअनुरुप पर्यटन डिभिजन कार्यालयमार्फत रु ४० लाख आएको उनले जानकारी दिए। “प्रदेश सरकारबाट आएको रु ४० लाखबाट काम सुरु भएको भएको छ, बाँकी पैसा हामी गुठी संस्थानसँग साझेदार गर्छौँ”, नगरप्रमुख विष्टले भने, “ताम्रपत्रले छाना छाउँदा लागत धेरै हुने भएकाले आन्तरिक स्रोत एवं सहयोग सङ्कलन गरेर निर्माणकार्य पूरा गरिने छ ।”

करिब रु ७५ लाख लागतमा उक्त काम सुरु गरिएको बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सदस्य एवंं मन्दिर सौन्र्दयकरण उपभोक्ता समितिका सचिव नारद पुरीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ