arrow

समितिमा उपप्रधानमन्त्रीको प्रतिबद्धता

विमानस्थलमा कर्मचारी र प्रहरीबीच कुटाकुट : दुई प्रहरीलाई पनि विभागीय कारबाही गरिने [भिडियो]

दोषीमाथि कारबाही हुने प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
tia-karmachari-police.jpg

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातको घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो घटना दुःखद भएको निष्कर्ष निकाल्दै त्यसका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

उपप्रधानमन्त्री श्रेष्ठले सो घटनामा संलग्न असईसहित अन्य दुई जना प्रहरीलाई र अध्यागमनका कर्मचारीलाई त्यहाँबाट हटाएर विभागीय कारबाही गर्न छानबिन समितिले सुझाव दिएकाले सोही अनुसारको कारबाही प्रक्रिया अघि बढ्ने बताए । उनले अध्यागमन विभागमा सो खालको घटना फेरि दोहोरिन नदिन सरकारले त्यहाँको सबै कामकारबाही स्वचालित प्रक्रिया (अफिस अटोमेशन सिस्टम) बाट शुरु गर्न लागिएको पनि बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘सिधै भन्न सकिने कुरा कुरा के हो भने व्यावसायिक आचरण भएन । मुख्य कुरा त त्यही हो । व्यावसायिक आचरण भएन र , त्यो घटना घट्न पुग्यो । हामी एक्सनको प्रक्रियामा भइसकेपछि त्यो घटना घट्यो । अब त्यसमा हाम्रो प्रतिवेदनमा के छ भने जे भयो, दुःखद भयो । त्यस्तो घटना दोहोरिन दिन हुँदैन । त्यसको निम्ति छानबिन गरेर दोषीलाई कारबाही गर्ने पहिलो कुरा भनेर हामीले निष्कर्ष निकालेका छौं । एउटा पक्ष प्रहरीलाई मात्रै कारबाही भयो कि भन्ने कुरा पनि आयो । प्रतिवेदनको निष्कर्ष त्यस्तो छैन । त्यहाँ जब हाम्रो अध्यागमनको कर्मचारीले त्यो अराईबलको प्रक्रियाबाट अगाडि जान खोज्नुभयो । स्वाभाविक रूपमा प्रहरीले चेकिङ गर्न खोज्यो । त्यो चेकिङ त गर्नपर्छ । त्यहाँ हरेक पटक जाँदा खेरी त्यो गर्नुपर्ने स्थिति भएको कारणले गर्दा खेरी वा अरू कुनै कारणले गर्दा खेरी जे होस त्यहाँ हाम्रो अध्यागमनको अधिकृतले चेकजाँचको लागि सहज हुनुपर्ने त्यस्तो भएनन् । अस्वीकार गरिदियो । पहिलो समस्या त्यही हो । तर प्रहरी कर्मचारी त बर्दीमा छ । बर्दीमा रहेका प्रहरीको जोसँग मतभेद भयो । द्वन्द्व भयो, त्यहाँ अलिकति भनाभन पनि भयो । उनले मात्रै केही गरेको भए त स्वाभाविक हुन्थ्यो । अर्को डेस्कमा बसिराखेको एउटा असई कुदेर आएर उसलाई कुट्न जान्छ । त्यस पछि अरू डेस्कमा बसेका २ जना प्रहरी पनि थपिन्छन् । र, लतार्दै लगेर कुट्छ । यस्ता घटनालाई हामी कुनै पनि हालतमा प्रोत्साहित गर्न सक्दैनौँ । त्यो गल्ती नै हो । त्यस कारणले त्यो असई जो अर्को जिम्मेवारीमा थियो । दौडेर आएर उसलाई समात्यो । र, लिएर गएर कुटेर अरू दुई जना पनि थपिए । त्यहाँ कमजोरी भएकै छ । त्यस कारण असईलाई निलम्बन गर्ने र अरूलाई पनि हामी विभागीय कारबाही गर्ने भन्ने निष्कर्षमा पुगेका छौं । अव कर्मचारीको हकमा के छ ? कर्मचारीलाई हामीले दोषविहीन भनेका छैनौँ । ती कर्मचारीलाई चाहिँ हामीले त्यहाँबाट निष्कासन गर्ने र विभागीय कारबाही गर्ने पनि निर्णय गरेका छौं । र दुई वटा प्रहरी कर्मचारीलाई पनि विभागीय कारबाहीको प्रक्रियामा लैजान्छौँ । हाम्रो निष्कर्ष त्यहाँ त्यस्तो छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अध्यागमन विभाग भित्रको बेथिति हटाउनका लागि सरकारले कडा कदम चाल्ने थालेपछि त्यहाँ भित्र हातपातको अवस्था आएको पनि छानबिन समितिको प्रतिवेदनको निष्कर्ष रहेको पनि समितिलाई जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ