arrow

फुटपाथ व्यवसायीले गरे महानगरपालिकाको कार्यालय घेराउ [भिडियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
mahanagar-birodh.jpg

काठमाडौँ । काठमाडौं महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरूले महानगर विरुद्ध प्रदर्शन गरेका छन् । 

आइतबार राष्ट्रिय स्वरोजगार व्यवसायी सङ्घ, नेपाल सडक व्यापार व्यवसायी सङ्घ र फुटपाथ व्यापारीहरूले संयुक्त रूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । 

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भङ्ग गरेको आरोप लगाइन् । 

उनले आफूहरूले फुटपाथ व्यवसायीहरिलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरू लु टरेर लिएर गएको बताइन् । 

महानगरपालिकाले फुटपाथ व्यवसायीहरूका माग सम्बोधन गर्नुपर्ने बताए । त्यस्तै अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरूले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए ।

 काठमाडौं महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको आरोप लगाए ।

प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर्, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दाबाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ