arrow

त्रिविका निमित्त उपकुलपतिलाई तत्काल पदबाट हटाउन सांसदको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
sumana-shrestha-29.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निमित्त उपकुलपतिलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् । 

सोमबार सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । 

सांसद श्रेष्ठले निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन् । 

उनले निमित्त उपकुलपति लम्सालले भागबन्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने दाबी समेत गरिन् ।  

लम्सालको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाई थियो ।

उनले भनिन्, ‘कार्यकारीले त्यस्तो गर्न पाउँदैन । त्यो कानूनसम्मत नै भएन । नम्बर वान त्यो हो क्या । तर कार्यबहाकले त्यस्तो भन्न पाउँदैन । त्यो चाहिँ कानूनसम्मत भएन । अहिलेको टियुको कार्यबहाकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसाबले मैले जति सक्छु भागबन्डा गर्छु भन्ने धेयले काम गर्छ भने त्यो मान्छे टियुको भिसी हुन लायक भएन । उसलाई अहिले नै हटाउनु पनि पर्‍यो । त्यस्तो मान्छे पछि टियुको सर्टलिष्ट क्यान्डिेटबाट पनि हट्नुपर्‍यो क्या ।’

सांसद श्रेष्ठले राजनीतिक भागबन्डाको आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानून सम्मत नहुने भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ