arrow

नेपालले 'फ्रि भिसा फ्रि टिकट' भनेर जनता झुक्याएको ओलीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
oli-nepal-breakup.jpg

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरूलाई अलमल्याइरहेको आक्षेप लगाएका छन् । मंगलबार नेकपा(एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । 

उनले माधव नेपालले मान्छेहरूलाई भ्रम दिएर झुक्याएको पनि बताए । उनले अध्यक्ष नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर अलमल्याएको समेत बताए । उनले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रूपमा टिप्पणी गरे । अध्यक्ष ओलीले तत्कालीन महाकाली सन्धिको विरोधमा पार्टी फुटाउनेहरू सो इस्युलाई त्यहीँ छाडेर पुनः एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको पनि उल्लेख गरे ।

उनले भने – ‘एकपल्ट लौ न महाकाली बेचे, खत्तम पारे, गयो महाकाली, भारत पुग्यो भने । महाकाली अहिले पनि उतै बग्दै छ । पहिले पनि उतै बग्दै थियो । हामीले खालि बिग्रिएको सन्धि सच्याउन खोजेका थियौँ । सच्यायौँ । त्यत्ति हो । त्यो सन्धि सच्चिएपछि रुवाबासी, आफ्नै कपाल तानेका छन्, रोएका छन् । लौ न नि भनेका छन् । उफ्रिएका छन् । मडारिएका छन् । हातखुट्टा बजारेका छन् । अनेक तमासा देखियो । देशको माया केही मान्छेहरूलाई नाटकीय ढङ्गले नै लाग्यो । अचम्मैसँग लाग्यो त्यतिखेर देशको माया । नक्कली ढङ्गले लाग्यो र पार्टी फुटाए । देशको माया लाग्ने भए पार्टी एकजुट बनाउनुपर्छ कि पार्टी फुटाउनुपर्छ ? देशको माया लाग्दा पार्टी फुटाउने हो त ? होइन नि । पार्टी त एकजुट पो बनाएर जानुपर्छ त । त्यो साथीहरूले देख्नुभएको छ । भोग्नुभएको छ । त्यो नक्कली कुरा थियो । कता गयो त महाकालीको इस्यु पछि ? त्यस इस्युमा के भयो त ? त्यो त गलत बुझिएको रहेछ । आफ्नो सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने प्रस्ताव लिएर, अदालत गएर, मलाई मुद्दा जिताइदिनु प¥यो भनेर अदालतमा जाने अनि दक्षिणपन्थी सरकार बनाएर आफ्नो सरकार ढालेर कति अधर्मी, कति आपराधिक मनोवृत्ति होला ? होइन भने त त्यस्तो मान्छे त सुकेरै मर्थ्यो । तर पनि ती मान्छेहरू त केही नि जस्तो छैन । उल्टै लाज पनि छैन । सरम पनि छैन । माधव नेपाल हेर्नुस् त, मान्छेलाई अलमल्याएको छ । भ्रम दिएको छ । झुक्याएको छ । जनताकोमा गएर फ्रि भिसा टिकट मिली, फ्रि का मतलब बिना ढेउवा, जनता अलमल्याएको छ । झुक्याएको छ सबतिर ।’

उनले माधव नेपालले बिजनेसका लागि राजनीति गरेको टिप्पणी पनि गरे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ