arrow

माओवादी बैठकमा प्रचण्डले जवाफ दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
prachanda-time-2080.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको तेस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन शुरु भएको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरुबाट आज पनि सुझाव सङ्कलन गर्न शुरु गरिएको हो । 

मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

हिजो बुधबार १३ समूहबाट मस्यौदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको छ । आज बाँकी सात जनाले सुझाव प्रस्तुत गरिसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ