arrow

माओवादी प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने, पार्टीको नाम र झण्डा तत्काल नबदल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
maoist-prachanda-2080-11-03.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निर्णय गरेको छ । त्यसैगरी १९९ सदस्यीय केन्द्रीय समिति बनाउने र पार्टीको नाम तथा चुनाव चिह्न तत्काल नबदल्ने पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा नेताहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले पार्टीको नाम र चिह्न तत्काल नफेर्ने तर आवश्यक परे पछि निर्णय लिने बताए ।

माओवादीमा शहरी क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न अप्ठेरो भएको भन्दै नेताहरुले नाम र चुनाव चिह्न फेर्नुपर्ने माग राखेका थिए । 

प्रचण्डले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका हुन् । पार्टीको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो । 

बैठक लगत्तै शुरु भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

विधान अधिवेशन लगत्तै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया शुरु हुने जानकारी दिँदै अध्यक्ष प्रचण्डले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताए । उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए ।

प्रचण्डले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि २० समूहहरुबाट सुझाव सङ्कलन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ