arrow

रौतहटमा दुई समुदायबीच झडप, कर्फ्यू आदेश जारी

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० फागुन ५ शनिबार
rautahat-curfew-2080-11-05.jpg

रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप भएको छ । बिहीबार ईशनाथ ५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउँ अडुवा नदीमा सेलाउन जाने क्रममा मोतिपुर गाउँमा मुस्लिम समुदायका केही मानिसले ढुंगामुढा गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको र अन्यलाई चोटपटक लागेको थियो । 

घटनापछि प्रशासन र दुवै समुदायका अगुवाबीच सहमति भए पनि शनिबार पुनः झडप भएको छ । झडपमा परेर घिउराका २३ वर्षीय भोला ठाकुर घाइते भएको स्थानीयले बताए । 

पहिलो दिन सरस्वती माताको मूर्ति लिएर दर्जनौँको सङ्ख्यामा गइरहेकाहरूमाथि एक्कासी ढुंगामुढा प्रहारसँगै खुर्सानीको धूलो फालिएको स्थानीय बाबुलाल साहले बताएका छन् । 

स्थिति नियन्त्रणमा लिन सो स्थानको पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ