arrow

ऋण लिएपछि तिर्नुपर्छ : कार्यवाहक गभर्नर निलम ढुङ्गाना

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
nilam-dhungana-nrb.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैङ्ककी कार्यवाहक गभर्नर निलम ढुङ्गानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार सङ्घ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुङ्गानाले यस्तो बताएकी हुन्।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैङ्कमा पनि यसको समस्या देखिएको बताइन्। यद्यपि छिमेकी देशहरूको तुलनामा नेपालको एनपिएल कम नै रहेको जानकारी गराइन्। नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएकाले बैङ्किङ क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताइन्।

पुँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ