- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले नाबालिग करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँवपालिका वडा नं. ४ सौरपानी घुन्चोकका ६० वर्षीय बुद्धिमान विक रहेका छन् ।
प्रहरीले सार्वजनिक गरेको विज्ञप्ति अनुसार आरोपित विकले फागुन २ गते राति करिब ८ बजे १२ वर्षकी नाबालिगलाई डरत्रास देखाएर जबरजस्ती करणी गरेका थिए ।
घटनापछि पीडितका बाबुले जाहेरी दिएपछि प्रहरीले फागुन ४ गते विकलाई पक्राउ गरेको थियो ।
उनीविरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद लिएको प्रहरीले जनाएको छ ।