अवस्था र व्यवस्था बदल्न निर्णायक आन्दोलनमा राप्रपा
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
1.6k
Shares
पोखरा । राप्रपा कास्की र राप्रपा गण्डकी प्रदेशले पार्टीको ४० बुँदे मागसहितको मागपत्र प्रमुख जिल्ला अधिकारी र प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई बुझाएको छ ।
पार्टीले पृथ्वीचोकबाट शहिदचोक प्रमुख जिल्ला अधिकारी कास्कीको कार्यालयसम्म राष्ट्रवादी प्रदर्शन (र्याली) समेत आयोजना गरेको थियो ।
राजसंस्था र सनातन हिन्दूराष्ट्र पुनःस्थापना, प्रदेश तहको खारेजी, भ्रष्टाचारको अन्त्य लगायतका मागसहितको मागपत्र राप्रपा कास्कीको तर्फबाट अध्यक्ष नारायण गुरुङ र प्रदेशको तर्फबाट गण्डकी प्रदेश प्रमुख पञ्चराम गुरुङले मागपत्र बुझाएका थिए ।