arrow

काठमाडौँमा राप्रपाको जनप्रदर्शन

राप्रपाले थाल्यो व्यवस्थाविरुद्ध आन्दोलन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
rss-11-09.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थाविरुद्धको आन्दोलनका कार्यक्रम शुरु गरेको छ । बुधवारबाट राप्रपाले काठमाडौँसहित देशभर व्यवस्थाबिरोधी आन्दोलन शुरु गरेको हो । 

काठमाडौंको भृकुटीमण्डपमा भेला भई उनीहरूले प्रदर्शन गरेका हुन् । राजसंस्था पुनः स्थापनाको लागि भन्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनको नेतृत्वमा जनप्रदर्शन अघि बढाइएको हो । 

भृकुटीमण्डपबाट र्‍याली निस्केर नगर परिक्रमासहित भृकुटीमण्डपमै आमसभा भएको हो । राप्रपाले आज सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई माग पत्र प्रस्तुत गरेका छन् । 

राप्रपाको माग पत्रमा राजसंस्था पुनः स्थापन, प्रदेश खारेजी, हिन्दु राज्य पुनः स्थापना लगायतका राजनीति माग तथा जनजीविकाका विषयहरू समेटिएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने राप्रपाले बताउँदै आएको छ ।

 राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ४० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । मागमा अभिभावकीय संस्थाको रूपमा राजसंस्था, सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र रहेका छन् । 

साथै धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको सङ्ख्यामा कटौती गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने र बैङ्कको ब्याज एकल अङ्कमा झार्नुपर्ने सुझाव छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ