arrow

प्रधानमन्त्रीलाई राप्रपाकी सांसदले संसदमै फटाहा भनेपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
roshan-karki-rpp.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरुले नियमापत्ति गरेका छन् । 

बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई ब्यङ्ग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।

‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो । तयसकारण यो शब्द अश्विल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन् ।

सांसद थिङले गरेको नियमापत्तिप्रति सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ