arrow

लामो समय रोकिएर शुरु भएको संसदमा सांसदको खडेरी, विधेयक अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
parliament-80-11-10.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुको खडेरी भएको छ । लामो समयपछि बसेको बैठकमा नियमित विधेयकहरु पेश गरी पारित गर्नुपर्ने बेलामा सांसदहरुकै खडेरी लागेपछि बैठक स्थगित गर्नुपरेको छ । 

बिहीबार संसद्‌मा ६५ जनामात्र सांसद उपस्थित भएपछि संसद् बिना कुनै निर्णय स्थगित भएको हो । शून्य र विशेष समयको कार्यसूची सकिएपछि राजनीतिक दलसम्बन्धी ऐन (दोस्रो संशोधन) विधेयक पेस गर्ने कार्यसूची रहेकामा एमाले सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । 

संविधानको धारा ९४ मा कुनै पनि प्रस्तावमा निर्णय गर्न एक चौथाई सदस्यको उपस्थिति आवश्यक पर्छ । एक चौथाई हुन ६९ सांसद आवश्यक हुनेमा संंख्या यकिन गर्दा ६५ जना मात्र पाइएपछि सभामुखले बिहीबारका बाँकी सबै कार्यसूची स्थगित गरी शुक्रबार बिहान ११ बजेका लागि बैठक डाकेका हुन् । 

नेपाली कांग्रेस महासमिति बैठक र एमाले केन्द्रीय समिति बैठकमा होमिएकाले सांसदहरुको संख्या स्वात्तै घटेको हो । 

यद्यपि अन्य समयमासमेत सांसदहरु गैरजिम्मेवार बन्दा विधेयकहरु अलपत्र अवस्थामा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ