arrow

विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
dhanraj.jpg

काठमाडौँ । विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको हो । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । 

कानून मन्त्रीको प्रस्तावपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्माणार्थ प्रस्तुत गरेका थिए ।  

सबै सांसहरुले विधेयकमा सहमति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका हुन् । 

राष्ट्रिय सभाको अर्को बैठक फागुन १४ गते सोमवार ११ बजे बस्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ