arrow

आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्छौँ : अध्यक्ष नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १४ सोमबार
madhav-nepal-2080-06-06.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह आफ्नो पार्टी भएको बताएका छन् ।

अध्यक्ष नेपालले जनतालाई गरिबीबाट मुक्त बनाउनुपर्नेमा जोड दिँदै भने, “जति पनि कम्युनिष्ट पार्टी छन् ती कम्युनिष्ट पार्टीले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन्, आफ्नो पार्टी समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अघि बढेको छ ।”

अध्यक्ष नेपालले मुलुकको समग्र राजनीति र वाम आन्दोलनमा ठूलो चुनौती रहेको उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीजस्तो क्रान्तिकारी पार्टीले मात्रै ती चुनौतीको सामना गर्न सक्ने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले आगामी निर्वाचन एक्लै लड्नसक्ने गरी सङ्गठनलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए ।

आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने एउटा क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता उनले औँल्याए ।

त्यस अवसरमा एमाले नेत्री मेनुका श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश गरेकी छन् ।

मकवानपुरकी उद्यमी नेत्री श्रेष्ठले एमालेमा व्यक्तिवाद चरम बन्दै गएको, पार्टी सीमित नेताको कब्जामा गएको आरोप लगाउँदै आफू एकीकृत समाजवादीमा समाहित भएको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ