arrow

गुरुङ सङ्गीतका ऋषिमुनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
amar-gurung.jpg

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले सोमबार वरिष्ठ सङ्गीतिज्ञ, प्रज्ञा-प्रतिष्ठानका प्रथम कुलपति एवम् राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको ८६औँ जन्मजयन्तीका अवसरमा साङ्गीतिक कार्यक्रम गरेको छ । 

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी कुलपति निशा शर्माले सङ्गीतकार गुरुङको योगदानलाई भुल्न नहुने बताइन् । 

उनले भनिन्, “उहाँले देख्नुभएको नेपाली अर्केष्ट्राको सपनालाई साकार पार्न प्रज्ञा-प्रतिष्ठान प्रयासरत छ, सोही अनुसार हामी गतिविधि गरिरहेका छौँ ।”

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सङ्गीतकार गुरुङ बहुआयामिक व्यक्तित्व भएको बताए । उनले भने, “गुरुङलाई राष्ट्रगानको सङ्गीतकार मात्र भन्दा योगदान ओझेलमा पर्न सक्छ । उहाँ सङ्गीतको ऋषिमुनि हुनुहुन्छ ।”

कार्यक्रममा वरिष्ठ गायिका सङ्गीता प्रधानले ‘कति सम्हालुँ चोटहरु...’, वरिष्ठ गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने...’ र विष्णु अधिकारीले ‘मेरो यो गीतमा जुन मुर्छना...’ बोलका गीतहरु गाएकी थिइन्।  

सो अवसरमा वरिष्ठ सङ्गीतकार दीपकजङ्गम, वरिष्ठ गीतकार श्यामप्रकाश तमोट, सङ्गीतकार अमूल कार्की ढलीलगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्यहरु, सभासदस्यहरु, वरिष्ठ सङ्गीत तथा नृत्य  साधकहरुलगायत सङ्गीत नाट्य विधासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका पदाधिकारी सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ