arrow

वडाध्यक्षलाई कारबाहीको माग गर्दै नेपालगञ्जका अत्यावश्यक बाहेक सबै सेवा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
sarafat-hussain-sheikh-nepa.jpg

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकाको सबै सेवा बन्द हुने भएको छ । वडा नम्बर ५ का वडा अध्यक्ष सराफत हुसेन शेषले अबाञ्छित क्रियाकलाप गरेको भन्दै सम्पूर्ण कर्मचारीहरुले नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयहरुमा सेवा बन्द गर्ने घोषणा गरेका छन् ।

वडा अध्यक्ष शेषमाथि कडा भन्दा कडा कारबाहीका लागि कानूनी प्रक्रिया अगाडि नबढ्दासम्म कर्मचारीहरुले अत्यावश्यक बाहेक सबै सेवा ठप्प पार्ने घोषणा गरेका हुन् ।

सम्पूर्ण कर्मचारीहरुका तर्फबाट मंगलबार साँझ जारी संयुक्त प्रेस विज्ञप्तिमा वडा अध्यक्ष सराफतले  दिउँसो उपमहानगरपालिका कार्यालयमा प्रवेश गरी विभिन्न शाखाका कर्मचारीलाई धम्क्याउने, अपशब्द प्रयोग गर्ने, नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत प्रवेश गरी अभद्र व्यवहार गरेको घटनाको घोर भत्र्सना गरिएको छ ।

जनप्रतिनिधि एवम् कर्मचारीलाई झुठो लाञ्छना लगाउने, मानमर्दन हुने गरी अबाञ्छित क्रियाकलाप गर्ने जस्ता कार्य अति नै निन्दनीय भएको भन्दै कर्मचारीहरुले कडा कारबाहीको माग गरेका छन् । 

यस्ता क्रियाकलापले कर्मचारीलाई काम गर्ने वातावरण नहुने भन्दै उनीहरुले प्रचलित कानून बमोजिम कारबाही हुनुपर्ने माग गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ