arrow

नरेन्द्र मोदीले प्रशंसा गरेको ‘आर्टिकल ३७०’ नाफामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
article-370-movie.jpg

काठमाडौँ । बलिउड चलचित्र ‘आर्टिकल ३७०’ नाफामा गएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत प्रशंसा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले बक्स अफिसमा निकै माया पाइरहेको छ ।

फेब्रुअरी २३ बाट थिएटरमा लागेको चलचित्रले ६ दिनमा ३० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । सैकनिल्कको रिपोर्ट अनुसार ‘आर्टिकल ३७०’ ले छैटौँ दिनमा पुग्दा ३.१० करोडको व्यापार गरेको छ। 

योसँगै घरेलु बक्स अफिसमा ‘आर्टिकल ३७०’ को कुल कलेक्सन ३२.५५ करोड पुगेको छ । योसँगै फिल्मले रिलिज भएको चार दिनमै बजेटको रकम उठाइसकेको थियो । 

यामी गौतम स्टारर फिल्म ‘आर्टिकल ३७०’ ले कश्मीरबाट संविधानको धारा ३७० हटाएको प्रसंगलाई देखाएको छ । फिल्ममा यामी गौतमका साथै प्रिय मणी, अरुण गोविललगायतका कलाकारको अभिनय रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ