arrow

शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन, नेताहरू पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
nsu-agaist-rape-killed.jpg

काठमाडौँ । चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेलका बलात्कारी र हत्यारालाई कारबाही गर्न माग गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौँमा प्रदर्शन गरेको छ । 

नयाँ बानेश्वरको संसद भवन अगाडि उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले केही विद्यार्थी नेताहरुलाई पक्राउसमेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए । 

उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपाली लगायतलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ।

शालिनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेविसंघले आन्दोलन थप चर्को बनाउँदै लैजाने नेविसंघका अर्का नेता सुभाष पौडेलले जानकारी दिए । 

नेविसंघले देशभरि नै प्रदर्शन गर्ने तयारी गरेकोसमेत उनको भनाइ छ । चितवनको रत्नगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन् । 

घटनालाई दबाउने प्रयास नगर्न र पीडितलाई न्याय दिन नेविसंघले माग गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ