arrow

प्रचण्डले धोका नहुने वचन दिएपछि नयाँ गठबन्धनलाई साथ दिने एमालेको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
uml-sachibalaya-2080-07-22.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले नयाँ गठबन्धन बनाउन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भए एमालेले साथ दिने निर्णय गरेको छ । 

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिँदै माओवादी अध्यक्षले कांग्रेससँगको सहकार्य तोडेर आए एमाले साथ दिन तयार रहेको बताएका हुन् ।

एमाले बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढंगले छलफल गर्न तयार रहेको ब्रिफिङ भएको थियो । 

‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढङ्गले छलफल गर्न तयार छौँ’, बैठकपछि ज्ञवालीले भने ‘ सत्ता गठबन्धनमा सङ्कट बढेको छ केही नयाँ घटना विकास हुने सङ्केत देखिएको छ ।’

एमाले अध्यक्ष ओलीले धोका हुने गठबन्धन गर्न आफूहरु तयार नभएको बताएको तर प्रचण्डले अब धोका नहुने वचन दिएको जानकारी दिइएको थियो । बैठक बिहान ७ देखि सवा ९ बजेसम्म चलेको थियो । 

एमाले सचिवालय बैठक सकिएपछि अहिले केपी ओली जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको छलफलमा रहेका छन् । सो छलफल सकिएलगत्तै बालुवाटारमा जाने कार्यक्रम रहेको एमाले नेताहरुले जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ