- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनी एमाले पार्टीको निर्णय लिएर बालुवावाटार पुगेको स्रोतले जनाएको छ ।
त्यहाँ माओवादीको सचिवालय बैठक चलिरहेको बेला उनी पुगेका हुन् । बैठक हलभित्रै उनी पुगेको स्रोतले जनाएको छ । ओलीलाई नारायणकाजी श्रेष्ठले अंकमाल गरेको र प्रचण्डले हाल मिलाएको स्रोतले जनायो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको छलफलपछि उनी बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीले आज बनाउने नयाँ मन्त्रीमण्डलमा एमालेले सहभागिता जनाउने भएको छ ।