arrow

सत्ता परिवर्तनको चलखेलले प्रतिनिधि सभा बैठक स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
cabinet-parliament-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

आज बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठक एकाएक विकसित राजनीतिक घटनाक्रमका कारण अन्यौलमा परे पछि सभामुख घिमिरेले राजनीतिक दलसँग सम्वाद गरे पछि बैठक स्थगितको अवस्थामा पुगेका हुन् । 

नेपाली कांग्रेस सम्मिलित सत्ता गठबन्धन ढलेर एमालेसहितको नयाँ गठबन्धन बन्ने भएपछि राजनीति एकाएक परिवर्तन भएको हो । योसँगै संसदको बैठक पनि स्थगित भएको हो । 

विभिन्न संसदीय समितिका बैठकसमेत स्थगित भएका छन् । 

आजको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुका प्रश्नको जवाफ दिने कार्यक्रम थियो । तर एमाले र रास्वपाका सांसदहरुकै कारण प्रचण्डले जवाफ दिने कार्यक्रम रहेकामा तिनै दलहरु नयाँ सत्ता समीकरणमा सहभागी भएसँगै संसदमा प्रचण्डले जवाफ दिनै परेन । 

हिजोसम्म प्रचण्ड सरकारको सत्तोसराप गर्ने दलहरुले आजदेखि फेरि प्रचण्डको भजन गाउनु पर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ